logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परराष्ट्रमन्त्री खनाल आज भारत जाँदै


अंकुरण खबर
494
Shares

परराष्ट्रमन्त्री खनाल आज भानेपालका परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्।
भारतीय विदेशमन्त्री डा। एस। जयशंकरको निमन्त्रणामा हुन लागेको यो भ्रमण तीन दिनसम्म चल्नेछ। परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनाअनुसार मन्त्री खनालले भारत भ्रमणका क्रममा आफ्ना भारतीय समकक्षी डा.जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल हुने बताइएको छ।

दुवै देशबीच व्यापार, लगानी, ऊर्जा, पूर्वाधार सम्पर्क तथा जनस्तरका सम्बन्धलाई अझ मजबुत बनाउने विषय वार्ताको मुख्य केन्द्रमा रहनेछ। साथै, साझा हित र पारस्परिक सहयोगका क्षेत्रहरू विस्तार गर्ने सम्भावनाबारे पनि विचार–विमर्श हुने जनाइएको छ।

परराष्ट्रमन्त्री खनालले भ्रमण सम्पन्न गरी आइतबार, जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।