logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन


अंकुरण खबर
403
Shares

काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २२३ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी चलाउने ९४ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १५० जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १७७ जना तथा तीव्र गतिमा सवारी चलाउने ११८ जनामाथि कारबाही गरिएको छ।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ६१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १५४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९८ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १२० जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

यसबाहेक विभिन्न सवारी नियम उल्लङ्घन गर्ने अन्य एक हजार २५१ चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।