logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा बैठक आजः विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेप्रतिनिधिसभा बैठक


अंकुरण खबर
403
Shares

प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ। संघीय संसद् भवन सिंहदरबारमा बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा विभिन्न मन्त्रालयका शीर्षकहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिने मुख्य कार्यसूची रहेको छ।

आजको बैठकमा विशेष गरी युवा, श्रम तथा रोजगार मन्त्रालयस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस कृषि, वन तथा पर्यावरण मन्त्रालयस सूचना तथा सञ्चार मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि केन्द्रित भई मन्त्रीहरूले संसद्‌मा प्रष्टीकरण दिनेछन्।

यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयस भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा उठेका प्रश्नहरूको समेत सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ। बजेट पारित गर्ने पूर्वसन्ध्यामा मन्त्रालयगत छलफलका जवाफ दिन यो बैठक निकै महत्त्वपूर्ण मानिएको छ।