logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बालकुमारीमा खैरो हेरोइन कारोबारीमाथि गोली प्रहार


अंकुरण खबर
377
Shares

ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएको छ ।

गोली प्रहार गरेर ३ जना कारोबारीलाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले जाकारी दिए ।

प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ । ललितपुर र काठमाडौँको सिमानास्थित काठमाडौँ महानगरपालिका–३२ तर्फ बालकुमारी पुलमुनि उनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

ब्युरोको टोलीले २ राउन्ड हवाई फायर गरेको थियो ।