logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

यस्तो छ आजको मौसम


अंकुरण खबर
299
Shares

नेपालमा हाल पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका विभिन्न भू(भागमा मौसमको दुईवटा फरक रूप देखिन थालेको छ, जसअन्तर्गत कोशी प्रदेशका केही स्थानमा मनसुनी वायु सक्रिय भइरहँदा अन्य भू–भागमा भने पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ।

अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली भएको छ भने मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लागेको छ। लुम्बिनी र कर्णाली प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ।