logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

रास्वपाका महाधिवेशन प्रतिनिधिको कार्ड वितरण सुरु, एक बजेबाट बन्दसत्र सुरु गर्ने तयारी


अंकुरण खबर
403
Shares

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने बताएका छन् ।

प्राविधिक कारणले हिजो बन्दसत्र सुरु हुन नसकेको उनले बताए । अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको जानकारी दिँदै उनले आज दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने बताए । ‘इस्टिमेट गरिएको २८ सय–तीन हजार महाधिवेशन प्रतिनिधिको संख्या बढेर ४२ सय प्लस हुँदै गर्दाखेरि केही प्राविधिक त्रुटिका कारण हिजो हामीले सुरु गर्न सकेनौं,’ उनले भने, ‘आज यतिखेर हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको छ । त्यो सकिनेबित्तिकै हामी खाना खाएर आजको बन्दसत्र सुरु गर्दैछौं ।’

बन्दसत्र सुरु गर्नका लागि एक बजेसम्मको समय लाग्ने देखिएको उनको भनाइ छ । त्योभन्दा अगाडिका सबै प्रक्रिया टुंग्याएर कार्यक्रम अगाडि बढाइसकेको पराजुलीले बताए ।

उनले महाधिवेशन प्रतिनिधि र सञ्चारकर्मीका लागि पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन् ।