logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तरुण दल बाँफिकोट अध्यक्षले पालिकाका प्राविधिक कुटे


अंकुरण खबर
1.209K
Shares

नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष राजु शाहीले बाँफिकोट गाउँपालिकाका प्राविधिकमाथि कुटपिट गरेका छन् । कार्यालय समयमा, कार्यकक्षमै सव इन्जिनियर दिपक शाहमाथी उनले कुटपिट गरेका हुन् ।

गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघि शाहीले कुटपिट गरेको शाहको आरोप छ । प्राविधिकमाथि कुटपिट हुँदा पनि अध्यक्ष बाँठा मुखदर्शक बनेको भन्दै कर्मचारी आक्रोशित बनेका छन् । कर्मचारीमाथि कुटपिट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ ।

उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ । आफूमाथि कुटपिट भएपछि पीडित शाहले कारबाहीका लागि निवेदन दिएका छन् । आफू गरेको कामको मूंल्याकन नगरिदिएको भन्दै प्राविधिक शाहमाथि शाहीले कुटपिट गरेको अरु कर्मचारीले बताएका छन् ।