logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनी मिल सञ्चालकलाई पक्रन गृहको निर्देशन


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – गुह मन्त्रालयले उखु किसानका पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

गृह मन्त्रालयले मंगबार उखु किसानको भुक्तानी नदिने श्री इन्दिरा सुगर एन्ड एग्रो ईं प्रालि र श्री अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रालिका सञ्चालक राकेशकुमार अग्रवाललाई पक्राउ गर्न मंगलबार प्रहरीलाई पत्र काटेको हो।

विगत ११ दिनदेखि उधारोमा बेचिएको उखुको भुक्तानी होस् र अब बेच्ने उखुको मूल्य सन्तुलित होस् भन्ने माग लिएर किसान आन्दोलनमा छन्। उखु किसान मिल मालिकबाट मात्र नभएर सरकारबाट पनि ठगिएका छन्।

सरकार र उद्योगीको गरी करिब साढे २ अर्ब बक्यौता बाँकी रहेको उखु किसान महासंघका कपिलमूनि अध्यक्ष मैनालीले बताए।

कृषि र उद्योग वाणिज्य मन्त्रालयले गृहलाई चिनी मिल सञ्चालकमाथि कारबाही गर्न सोमबार सहयोग मागेको थियो।