राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले समानुपातिक निर्वाचन प्रणालीमा जानु उपयुक्त हुने बताएका छन्।
बिहीबार पार्टीद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा यस्तो पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको बताएका हुन् । अहिलेको व्यबस्था खर्चिलो भएकाले संघीयताको वर्तमान स्वरूपलाई आमूल परिवर्तन गरि केन्द्र र स्थानीय तह गरि २ वटा सरकार बनाउनु पर्ने उनको भनाई थियो । केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाएर प्रदेश सरकार हटाउनु पर्ने अध्यक्ष थापाको भनाई छ ।
अध्यक्ष थापाले राष्ट्रवादी शक्तिबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताए। उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी समेत गरे ।