भक्तपुर, मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट सोमबार दिउँसो अबैध लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सलाही नवलपुर लालबन्दी नगरपालिका–१ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २६ वर्षीया धर्मेन्द्र कुमार कुशवाहा रहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँझ गर्दा उनको साथबाट अवैध लागुऔषध नाईट्राभेट १३७ पत्ता बरामद गरेको हो।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।