logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशका यी स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना


अंकुरण खबर
2.145K
Shares

वर्षा अझै केही दिन निरन्तर जारी रहने छ । आइतबार बिहान अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बनी र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा साथै काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण छ अर्थात् नेपालनजिक छैन। जसले गर्दा ठूलो वर्षाको सम्भावना हुँदैन।

आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ ( देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।)