logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पूर्वी तराईमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


अंकुरण खबर
663
Shares

पछिल्लो ३ घण्टा पूर्वी तराईमा भारी वर्षा भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपासका क्षेत्रका धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएकोले सतर्कता अपनाउन चेतावनी सन्देश जारी गरिएको हो ।

नदीमा आकस्मिक बहाव हुन सक्ने भएकोले होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।