logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्वजनिक खरिद नियमावली संशोधन : निमार्ण व्यवसायीहरुका आन्दोलनका कार्यक्रम फिर्ता


अंकुरण खबर
1.118K
Shares

निमार्ण व्यवसायीहरुले ‘सार्वजनिक खरिद नियमावली–२०६४’ को नवौं संशोधन व्यवसायीहरुको हितमा भएको बताएका छन् ।
निमार्ण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘सार्वजनिक खरिद नियमावली– २०६४’ को नवौं संशोधनबाट निर्माण व्यवसायीहरुको महत्त्वपूर्ण मागहरु पूरा भएकाले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएका हुन् ।

सरकारले गत मंसिर १४ गते अलपत्र भएका आयोजनाको बाँकी काम सम्पन्न गर्न थप एक बर्ष समय दिने र बैंक क्रेडिट लाइनको समस्या समाधान हुने गरी सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन राजपत्रमा प्रकाशित गरेको थियो । सरकारको यस कदमले रुग्ण आयोजनाहरुको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएका व्यवसायीहरुले काम सुरु गर्न सक्ने अध्यक्ष सिंहले बताए ।

सिंहले व्यवसायीहरुलाई यथाशीघ्र काममा नफर्कने र कार्यतालिका अनुसार काम सम्पन्न गर्न नसक्नेलाई महासंघ आफैले कारबाही गर्न सिफारिस गर्ने चेतावनि पनि दिए ।

महासंघका अनुसार देशभर करिब २२ सय परियोजनाहरुमा सार्वजनिक खरिद ऐनका कारण म्याथ थप हुन नजक्दा निर्माण व्यवसायीहरुले काम गर्न सकेका थिएनन् । महासघंले यसअघि २५ बुँदे माग सहित आनदोलनका कार्यक्रम घोषणा गरेको थियो ।