logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त


अंकुरण खबर
1.131K
Shares

जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन्।

१७ दिनपछि संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आजबाट पुनः अर्थको जिम्मेवारी समालेका हुन्। राष्ट्रपति विद्यादेवि भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्री नियुक्त गरेको सितल निवासले जनाएको छ।

२९ असार २०७८ मा अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो।

त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए। तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो।