logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

५४.५८ अंकले बढ्यो नेप्से, साढे चार अर्बको कारोबार


अंकुरण खबर
806
Shares

साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ। नेप्सेमा सूचीकृत बीमा कम्पनीहरूको सेयरमा उछाल आउँदा समग्र नेप्से उच्च अंकले बढेको हो।

आइतबार ५४.५८ अंकले बढेर बजार २१९५.१० बिन्दुमा पुगेको छ। आज चार अर्ब ६० करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ।

नेपाल इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अधिकांश कम्पनीको सेयर मूल्य पनि उच्चदरमा बढेको छ।

एनएलजी इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशत बढेको छ। एसियन लाइफ इन्स्योरेन्सर शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि बढेको छ। लगानीकर्ताहरू पुनः बीमामा आकर्षित हुने देखिएको छ।