logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ह्याण्डसम लुक्सुका लागि पुरुषहरुले ध्यानदिनुहोस् यी कुरा


अंकुरण खबर
1.833K
Shares

महिला जस्तै पुरुषले पनि चमकदार स्किनको चाहना राख्ने गर्दछन्। सेभिंग गरेर मात्र ह्याण्डसम लुक्स मिल्दैन्। आज हामी तपाईलाई केही यस्ता उपायका बारेमा जानकारी दिदैछौँ, जुन पुरुषको सुन्दरताका लागि निकै फाइदाजनक हुने गर्दछ ।

१. पुरुषको त्वचा महिलाको तुलनामा धेरै ड्राइ हुने गर्दछ। यस्तो अवस्थामा स्किल केयरको सबैभन्दा सरल उपाय हो एक्टिवेटेड चारकोल फेस वास । यसले तपाईको छालामा जमेको धँलो सजिलै सफा गर्दछ र तपाईलाई फ्रेस लुक्स दिने गर्दछ।

२. उमेर बढ्दै जाँदा छाला छाउरी पर्ने समस्या देखिन थाल्दछ। यस्तो अवस्थामा तपाईको अनुहारमा एण्टी एजिंग सिरमको प्रयोग गर्नुहोस्। सिरम धेरै कन्सट्रेटेड हुने गर्दछ।यसले त्वचाको गहिराइलाई समतल बनाउन सहयोग गर्दछ।यसको प्रयोगले त्वचा ग्लो हुने गर्दछ।

३. यदी तपाई आफ्नो अनुहारको त्वचा सफा बनाइ राख्न चाहनुहुन्छ भने चारकोल स्किन कोंबो पिल अफ मास्क लगाउनुहोस्। यो स्किन केयरका लागि निकै राम्रो छ। यसले तपाईको स्किनलाई ब्याक्टीरियासँग लड्न र स्किन रिपेयर गर्न सहयोग गर्दछ।

४. धेरै जसो पुरुषलाई सेभिंग गरेपछि इरिटेश हुने गर्दछ। यसबाट बच्नका लागि एलोभेरा वाइपको प्रयोग गर्न सक्नुहुनेछ। एलोभेरा वाइफको प्रयोग गर्दा तपाईले फ्रेस महशुस गर्नुहुनेछ। साथै तपाईको स्किनमा हुने ब्याक्टीरिया हट्ने गर्दछ। एजेन्सी