logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अमेरिकाको केन्टुकीमा बाढी, ३७ जनाको मृत्यु


अंकुरण खबर
1.378K
Shares

अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ ।

बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ । बाढीको पानीले पुलहरू र डुबानमा परेका केही गाउँ बगाएको छ । बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरेका छन् । बाढीमा अझै केही हराइरहकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युतविहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ ।