logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ईनारभित्र जेष्ठ नागरिकको शव फेला


अंकुरण खबर
1.014K
Shares

उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव ईनारभित्र फेला परेको छ ।

कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव ईनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले ईनारमा शव  देखेपछि प्रहरीलाई खवर गरेका थियो ।

घटनास्थल पुगेर शव  निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको  ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी  मानबहादुर राईले  राईले बताए । घटनाका विषयमा थप अनुसन्धान भई रहेको पनि उनले जानकारी दिए । ‘ कसरी घटना भयो अनुसन्धान गरिरहेका छौं ’, डिएसपी राईले भने ।

घटना लगत्तै शसस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका  प्रहरीको टोलीले शव ईनारबाट निकालेको थियो ।