logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आश्रमका वृद्धवृद्धाहरूलाई फलफूल वितरण


अंकुरण खबर
884
Shares

भक्तपुरको आदर्शस्थित सिद्धि स्मृति वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरिएको छ । भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी क्लव)का कप्तान सन्दीप कार्कीकोतर्फबाट वृद्धाश्रममा रहेका तीन दर्जन वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरिएको हो ।

फलफूल वितरण कार्यक्रममा क्लबका संरक्षक श्याम धौभडेल, भक्तपुर एफसी क्लवका अध्यक्ष राम प्रजापति, क्लबका विशेष समिति सदस्य अनिल राजभण्डारीलगायतका सहभागी थिए । फुटबल खेलाडी कार्की केही दिनअघि मात्र भारतको उडिसामा भएको अण्डर २० राष्ट्रिय फुटबल टिमबाट साफ यु-२० फुटबल प्रतियोगितामा सहभागी भई नेपाल फर्केका थिए ।