logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डले भने : सहकारी आन्दोलनले देशलाई समाजवादतर्फ लैजान मद्दत गर्छ


अंकुरण खबर
1.391K
Shares

नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी आन्दोलनले देशलाई समाजवादतर्फ लैजान मद्दत गर्ने बताएका छन् ।

समाजवादको आधार तयार पार्न र किसानलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन पनि सहकारी आन्दोलन अपरिहार्य हुने उनले बताएका छन । चितवनमा आज नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको बाह्रौं वार्षिक साधारणसभामा उनले यस्तो बताएका छन् ।

‘देशलाई समाजवादतिर लैजाने हो भने सहकारी आन्दोलन एउटा अपरिहार्य तत्व हो । उनले भने, ‘कम्युनिस्ट पार्टी र अहिलेको सरकारले पनि सामाजिक न्यायका निम्ति, समाजवादको आधार तयार पार्न किसानहरूलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने दिशामा लागिरहेको उनले बताएका छन ।