logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु


अंकुरण खबर
442
Shares

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृत्यु भएको हो ।

शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।