logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नक्कली प्रहरी बनेर धम्क्याउने २ जना युवक पक्राउ


अंकुरण खबर
1.17K
Shares

नक्कली प्रहरी बनेर धम्क्याउने गरेको आरोपमा प्रहरीले काठमाडौंको कागेश्वरीबाट २ जनालाई पक्राउ गरेका छन ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थानको च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कागेश्वरी नगरपालिका ७ मुलपानी थापागाउँबाट ‘ब्यूरोको प्रहरी हौं’ भन्दै सर्वसाधरणलाई धम्क्याएर हिंडेको आरोपमा उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बा ८५ प ६२७४ नम्बरको मोटरसाइकल, ४ थान पकेट पर्स, ४ थान मोबाइल, १ थान चाँदीको सिक्री र २१ हजार ९ सय ३५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन ।