logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि छलफल गर्ने समय भएन :रावल, एमाले नै राणालाईजोगाउन खोज्यो : गजुरेल


अंकुरण खबर
429
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. भीम रावलले सरकारलाई प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको समयबारे प्रश्न गरेका छन्।

आइतबारदेखि सुरु भएको महाभियोग प्रस्तावमाथिको छलफलमा नेता रावले महाअभियोग लगाइएको पाँच महिनापछि मात्रै छलफल सुरु गरिएको भन्दै सरकारको आलोचना गरेका छन्। उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोगको प्रस्तावमाथि छलफल गर्ने समय नै नभएको बताए।

त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद् हरिबोल गजुरेलले महाभियोग प्रस्ताव दर्ता गरिएका प्रधानन्याधीश राणालाई एमालेले जोगाउन खोजेको आरोप लगाएका छन्।

महाभियोग प्रस्तावमाथिको छलफलमा नेता गजुरेलले यस्तो बताएका हुन् । उनले भने ‘प्रतिपक्षले सहयोग नगरी पारित हुँदैन। प्रतिपक्ष त अगाडि आउनुपर्‍यो नि१ ल तपाईंहरु अगाडि बढाउनुस्, हामी छौँ। तर आज प्रतिपक्षी जिब्रो चपाएर कुरा गरिरहेको छ। यहाँ सोझै बोल्न गाह्रो छ। प्रतिपक्षी जोगाउन चाहिरहेको छ। किनकि सोझै बोल्दा जनताका बीचमा, जनताको नजरमा पार्टीको छवि, व्यक्तिको छवि गिर्छु’।

अहिलेको अबस्थामा एमालेले सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा आएर महाभियोग प्रस्तावलाई छिटोभन्दा छिटो पारित गरौं भनेर सहमति दिनुपर्ने नेता गजुरेलको तर्क छ ।