logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हेर्दा हेर्दै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग, घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा


अंकुरण खबर
1.04K
Shares

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो घण्टौंको प्रयासपछि नियन्त्रणमा आएको
आएको छ ।

आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् ।

आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागीमा मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।

आगलागीको कारण पनि खुल्न सकेको छैन ।