पर्सा प्रहरीले कुटपिट गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई पक्राउ गरेको छ ।
आज बिहान प्रहरीले पर्सागढी नगरपालिका–५ पचरुखा बस्ने २७ वर्षीय देवा महतोलाई पक्राउ गरेको हो ।
आफ्नै श्रीमती २३ वर्षीया ललिता देवीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
महतोले एक महिना अगाडि कुटपिट गर्दा घाइते भएकी ललिताको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको थियो ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।