logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नख्खुका कैदीबन्दीमा मानसिक समस्या बढ्दो, ३९३ जनामा मानसिक रोग


अंकुरण खबर
962
Shares

ललितपुरको नख्खु कारागारमा रहेका ३९३ जना कैदीबन्दीहरुमा मानसिक रोगको समस्या देखिएको छ।

विभिन्न कसुरमा जेलजीवन भोगिरहेका एक हजार ५४७ कैदीबन्दीमध्ये ३९३ जना मानसिक रोगको बिरामी रहेका कारागारले जानकारी दिएको छ।

कारागारका सूचना अधिकारी डा. नरेन्द्र परियारका अनुसार लामो समय कारागारमा रहँदा उनीहरुको मनोविज्ञान बिग्रेर मानसिक रोग देखिएको हो।

“कारागारमा मानसिक रोगको बढी मात्राको औषधि सेवन गर्ने १३० जना र सामान्य खालको औषधि सेवन गर्ने २६३ जना छन् ।”

कारागार परिसरमा १५ शैयाको  ‘मनोसामाजिक अपांग वञ्जी अस्पताल’ स्थापना गरी मानसिक रोग भएका कैदीबन्दीलाई प्राथमिक तहको उपचार शुरू गरिएको छ।

मानसिक अस्पताल पाटनका सूचना अधिकारी डा. अनन्तप्रसाद अधिकारीले मानसिक रोगका बिरामीलाई समाजमा बढी मात्रमा माया, ममता, स्नेह र परिवारको साथ आवश्यक पर्ने भएकोले सोही वातावरण पुर्‍याउन कारागारका पदाधिकारीलाई आग्रह गरेको बताएका छन् ।कारागारको नयाँ भवनमा ४८५, अन्य दुई भवनमा ५४७ र ५१५ कैदीबन्दीहरू छन् । नख्खु कारागारमा १२२ जना विदेशी कैदीबन्दीहरू छन।