logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी हुन् एमाले बैठकले गरेका ७ निर्णय


अंकुरण खबर
1.261K
Shares

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचलान कमिटी गठन गरेको छ।

आउँदो ४ मंसिरसमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो।

च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने उनले जानकारी दिए ।

सचिवालयको ११ औं बैठकले विभिन्न सात निर्णय गरेको गुरुङले जानकारी दिए ।