logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ चाँदीको कारोबार ?


अंकुरण खबर
1.235K
Shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय २५ कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।