logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


अंकुरण खबर
1.352K
Shares

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्ने भएको छ।

बैठक शनिबार विहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्ने जनाइएको छ। बैठकमा आगामी प्रदेश तथा प्रतिनिधि सभा प्रयोजनका लागि दल दर्तासम्बन्धी छलफल र निर्णय हुने जनाइएको छ।

यस्तै, चुनावमा गठबन्धन कायम राखेर सिटहरुको बाँडफाँटका विषयमा पनि बैठकमा कुराकानी हुने नेताहरुले जानकारी दिएका छन्।

सत्ता पक्षीय दलहरुबीच आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गरेर जाने सहमति भइसकेको छ। चुनावमा सिटहरुको बाँडफाँटका लागि पाँचै दलका प्रतिनिधि (नेताहरु) सम्मेलित कार्यदल गठन भएको छ।