logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

किन गएनन् राष्ट्रियसभामा वामदेव ?


अंकुरण खबर
819
Shares

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले राष्ट्रियसभा उमेदवारको टुंगो लगाएको छ ।

राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा) लाई दिने सहमति भएकाले नेकपाले १६ सिट पाएको हो । बैठकबाट सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य वेदुराम भुसाललगायत उम्मेदवार बन्दा  अर्का नेता वामदेव गौतमको नाम उमेदवारमा परेन ।

गौतमलाई समेत राष्ट्रियसभामा जाने प्रस्ताव गरेकोमा उनले अस्वीकार गरेको बताइएको छ । प्रधानमन्त्री हुने सर्तमा मात्र आफू सभामा जाने बताउँदै आएका गौतमले प्रतिनिधिसभा चुनावमा पराजित भएर राष्ट्रिय सभामा गएका व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार हुन नपाउने प्रावधान भएका कारण ब्याक भएको बुझिएको छ ।