ठमेल क्षेत्रमा गुण्डागर्दी गर्ने राते भन्ने सुजन श्रेष्ठ पक्राउ परेका छन् ।
२०७५ को चैत १८ गते काठमाडौंको महानगरपालिका-२६ स्थित एलओडी क्लब अगाडि ज्यान मार्ने उद्देश्यले विष्णु कठायतको टाउकोमा रड प्रहार गरेको भन्ने उजुरीका आधारमा महानगरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
धादिङको त्रिपुरासुन्दरी घर भई हाल काठमाडौं महानपालिका नयाँ बजार १६ मा बस्ने सुजन श्रेष्ठलाज्ञ पुस १७ गते नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन् । उनीसँगै रहेका अर्का रेम्बो भन्ने अजय गुरुङको खोजी भइरहेको नेपाल प्रहरीले बताएका छन ।
यस विषयमा थप अनुसन्धानका लागि रातेलाई महानगरीय प्रहरी वृत लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।