भक्तपुर चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा घरमाथि बस खस्दा एकजनाको मृत्यु भएको छ ।
शुक्रवार राति नेपाल बेसी हुँदै रत्नपार्क चल्ने बा १ ख ९०९० नम्बरको बस दुवाकोटको सरस्वतीखेल खड्काटोल सडकखण्ड अन्तर्गत राईटारडाँडामा जस्तापाताले छाएको घरमाथि खस्दा ३५ वर्षीय भिम योञ्जनको मृत्यु भएको स्थानीले जनाएका छन् । उकालो बाटो भएकाले बस पछाडि गुड्दा योञ्जनको घरमाथि खसेको स्थानीएको भनाई छ । दुर्घटनमा योञ्जनकी श्रीमती, छोरालगायत परिवारका अन्य सदस्यलाई चै केही नभएको भक्तपुर प्रहरीले जनाएको छ ।
बस चालक दोलखाका ३९ वर्षीय वेदबहादुर चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।