logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस नेता गिरिको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त, श्रद्धाञ्जली पछि गिरिको आजै अन्त्येष्टि गरिने


अंकुरण खबर
1.534K
Shares

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको शनिबार राति ९ः३० बजे ७५ वर्षको उमेरमा निधन भएको हो।

गिरिको निधनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भनेका छन्, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।”

घाँटीको क्यान्सरका बिरामी गिरि साउन ९ गते मेडिसिटीमा भर्ना भएका थिए। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आईसीयुबाट दुई दिनपहिले भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो। तर स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा गिरिलाई शुक्रबार भेन्टिलेटरमा आईसीयूमा सारिएको थियो। सोही अवस्थामा उनको शनिबार राती निधन भएको हो।

गिरिको अन्तिम श्रद्धाञ्जलीको लागि पार्टीले २०७९ साल भाद्र ५ गते, आइतबार विहान ९  बजे देखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिनेछ।

त्यस्तै विहान ११:३० बजे देखि २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, सानेपा, ललितपुरमा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिनेछ। तत्पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने कांग्रेसले जनाएको छ ।