logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ईपीएल खेल्न दक्षिण अफ्रिकी पूर्व कप्तान अमला नेपाल आउने


अंकुरण खबर
1.911K
Shares

एभरेष्ट प्रिमियर लिग ईपीएल खेल्न दक्षिण अफ्रिकाका पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान हसिम अमला नेपाल आउने भएका छन् ।

ईपीएलका एमडी आमिर अख्तरले ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि पूर्व कप्तान अमला नेपाल आउँन तयार रहेको बताएका छन् ।
‘कुन टिमबाट खेल्ने भन्ने निश्चित भइसकेको छैन । तर, हसिम अमला ईपीएल खेल्न तयार छन्,’ अख्तरले भने ।

अख्तरले अमला कुन टोलीबाट खेल्ने भन्ने २–४ दिनभित्र निश्चित भइसक्नेसमेत बताएका छन् । अमलाले दक्षिण अफ्रिकाका लागि टि–२० डेब्यु अस्ट्रेलियाविरुद्धको खेलमा सन् २००९ मा गरेका थिए । त्यस्तै, उनी टेस्ट, एकदिवसिय र टि–२० गरि तिनै फर्म्याटका उत्कृष्ट ओपनर हुन् ।
आयोजकले गत संस्करणको ईपीएल पछिका अन्य नेपाली घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले यस संस्करणको ईपीएल खेल्न नपाउने प्रावधान बनाएको छ ।

अमलासँगै यो संस्करणको ईपीएलका लागि क्यारेबियन देश वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेल पनि आउने सम्भावना रहेको बताएका छन् ।
ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।