logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कटुवा पेस्तोल र गोली बरामद


अंकुरण खबर
1.43K
Shares

सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद भएको छ ।

राजगढ गाउँपालिका-२ बनैनियाँ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तो र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई हेर्ने बित्तिकै उनले बोकेको ती पेस्तोल छोडेर भागेका थिए ।