logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको स्थायी कमिटी बैठक आज, बैठक चुनाव केन्द्रित हुने


अंकुरण खबर
2.34K
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठक आजबाट सुरु हुने भएको छ।

मंगलबार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटब्यूरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आह्वान गरिसकेको छ।

मंगलबार बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ। बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको बिषयमा छलफल गर्नेछ।