logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य ३०० रुपैयाँ बढ्यो


अंकुरण खबर
1.027K
Shares

सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९५ हजार ३०० मा किनबेच भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो ।

बुधबार ९४ हजार ८०० रुपैयाँ मूल्य रहेको तेजाबी सुनको ९४ हजार ५०० मा किनबेच भएको थियो ।

बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य १ हजार १६० रुपैयाँ थियो ।