logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

थारु समुदायलाई लुम्बिनी सरकारको सार्वजनिक बिदा


अंकुरण खबर
1.235K
Shares

लुम्बिनी प्रदेश सरकारले थारू जातिको अटवारी पर्वको अवसरमा सो समुदायलाई आइतवार सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारले  अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो। बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिएको हो ।

यसैगरी, थारुहरुको चाड अटवारीका अवसरमा दाङ जिल्लाका ४  स्थानीय तहले  पनि सार्वजनिक बिदा  दिएका छन्।  तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकाले थारू जातिले मनाउँदै आएको अटवारी पर्वको अवसरमा बिदा दिएका छन ।

सूर्यको उत्पत्ति भई संसार उज्यालो भए पछि मानवसहित सम्पुर्ण प्राणीहरूको कल्याण भएको मान्यता अनुसार थारु समुदायले सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ। यो थारु समुदायको दोस्रो ठुलो पर्व हो ।