logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने 


अंकुरण खबर
1.105K
Shares

काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ ।

काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।

यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि पाँच सय रुपैयाँ पुर्याइएको हो । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए ।