logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केपी ओली र रवीन्द्र मिश्रबीच भेट : आगामी निर्वाचनबारे छलफल


अंकुरण खबर
1.482K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र साझा विवेकशीलका पूर्वअध्यक्ष रवीन्द्र मिश्रबीच बालकोटमा आगामी चुनावबारे छलफल भएको छ ।

ओलीलाई भेट्न मिश्र आइतबार साँझा बालकोट पुगेका थिए । अध्यक्ष ओली निवासमा ओलीसँग अढाई घन्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका छन्। आइतबार साँझ उनीहरुबीच भेट भएको हो। ओलीसँग आगामी चुनावलागायतका विषयमा छलफल भएको मिश्रले बताएका छन् । मिश्रले फेसबुकमा लेखेका छन्, ‘ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो ।

आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।’

भेटमा ओलीले मिश्रलाई ‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला’ भनेका थिए ।

लामो छलफलपछि ओलीले मिश्रलाई आफू प्रधानमन्त्री हुँदा ल्याइएको कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा अंकित सिक्का उपहार दिएर पठाएका थिए ।