logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्रोत नखुलेको साढे २४ लाख रकमसहित रुपन्देहीबाट एक युवक पक्राउ


अंकुरण खबर
390
Shares

रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

खरुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको भन्ने सूचनाको आधारमा प्रहरीले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगर बस्ने वर्ष २८ को सन्दिप शाक्यलाई पक्राउ गरेको हो ।

शाक्यले बोकेको कालो रङ्गको झोलाबाट आइतबार बेलुका श्रोत नखुलेको नेपाली २४ लाख ५० हजार रकम फेला पारेको प्रहरउक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीका लागि आज सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।