logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पानी जमेको खाल्टोमा डुबेर दुई जना बालकको मृत्यु


अंकुरण खबर
819
Shares

महोत्तरीमा इँटा उद्योगमा रहेको पानी जमेको खाल्टोमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

औरही नगरपालिका ९ इनर्वामा सञ्चालित डीएमडी इँटा उद्योगमा रहेको पानी जमेको खाल्डोमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका २ मा रहेको जुडिबेलाको माझीटोलका विक्रम कुशवार माझीको तीन वर्षीय छोरा तितश कुशवर माझी र त्यही ठाउँका अर्जुन कुशवरका दुई वर्षीय छोरा अनिष कुशवर रहेका छन् ।

गएरातको समयमा खेल्ने क्रममा पानीमा डुबेका ती बालकको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बालकहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

विक्रम र अर्जुन सपरिवार केही महिनादेखि त्यही इँटा उद्योगमा मजदुरको रुपमा कार्यरत थिए ।