logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युवतीको शव फेला, हत्याको आशंका


अंकुरण खबर
1.131K
Shares

सर्लाहीमा एकजना युवतीको शव फेलापरेको छ । सोमबार वाग्मती नगरपालिका-५, टेकानीमा अन्दाजी २५ वर्षीया पूर्णिमा मोक्तान मृतावस्थामा भेटिएकी हुन् ।

वाग्मती-५, मोक्तानटोलकी उनी तीन दिनअघि घरबाट हराएकी थिइन् । खोजी गर्नेक्रममा शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शव ‘पोस्टमार्टम’का लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।