चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर-कालीमाटी सडकमा सोमबार दिउँसो पटक पटक जाम गरियो ।
सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यक्ष ली पहिले सोल्टी होटल गए । उनको सुरक्षाको लागि कोटेश्वर-बानेश्वर-माइतीघर-थापाथली-त्रिपुरेश्वर-कालीमाटीको सडक खाली गराइएको थियो । जसको कारण काठमाडौंको अन्य क्षेत्रका सडक पनि प्रभावित भयो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले भीआईपीको सवारी भएका कारण जाम भएको बताए । भीआईपी सवारीको कारण जनताले सास्ती पाएको तर ट्राफिक प्रहरीले रुट मिलाउन नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।