logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज यी स्थानमा भारी वर्षाको संभावना, महाशाखाद्धारा चेतावनी तथा परामर्श जारी


अंकुरण खबर
988
Shares

अहिले (बिहान) देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज मधेस प्रदेशको पश्चिमी क्षेत्र तथा बागमती प्रदेशदेखि पश्चिमका प्रदेशमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भूभागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार आज राति पनि देशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार शनिबारसम्म बदली र वर्षा हुने छ।

४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ, देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको पनि सम्भावना र सोको कारणले पहाडी तथा भिरालो जमिनमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ।

साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।