logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोटीमा गोली लागेर युवकको मृत्यु


अंकुरण खबर
5.213K
Shares

काठमाडौं – डोटीमा गोली लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका–५ लामीखाल तल्लो ढाडावन बस्ने अन्दाजी ५० वर्षीय जङ्गे भुलले शनिबार राति १० बजेको समयमा चलाएको गोली लागेर सोही ठाउँका अन्दाजी १९ वर्षीया तपेश लुहारको घटनास्थलमै र्मत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

तपेशको टाउकोमा गोली लागेको थियो । स्थानीय सलामीढाडा सामुदायिक वन नजिकै गगने भाट र पुने भाटको खेतको किनारमा जङ्गे भुलले एक नाले भरुवा बन्दुक चलाउँदा गोली तपेशलाई लागेको जनाइएको छ ।

घटना लगत्तै गोली चलाउने व्यक्ति र बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।