हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा आज बिहान भारतीय नम्बरको जीप पल्टिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको भारतीय नम्बरको जीप सडकमा रहेको राँगोसँग ठोक्किँदा जीपमा सवार रहेका सदाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतीय नागरिक ४० वर्षीय प्रमोद सदा रहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक सहित ५ जनाको हरिवन स्थित नमुना अस्पतालमा उपचार भइरहेको छ ।