logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बैठकमै मेयरमाथि हातपातको प्रयास


अंकुरण खबर
832
Shares

योजनाका विषयलाई लिएर शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्रीले मेयर किसान गुरुङमाथि हातपातको प्रयास गरेका छन् ।

कार्यपालिका बैठकमा दश लाख रुपैयाँ योजना उपभोक्ता समितिले पाउनुपर्ने माग गर्दै वडाध्यक्ष क्षेत्रीले मेयरमाथि हातपातको प्रयास गरेको वडा नम्बर १ का वडाध्यक्ष रविचन्द्र पौडलले बताएका छन् ।

अहिले कार्यपालिका बैठकका समस्या समाधान भइसकेको नगरपालिकाका प्रवक्ता रविचन्द्र पौडेलले बताएका छन् ।