logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रबार लाग्ने चन्द्र ग्रहणमा अद्भुत संयोग, यसो गर्दा मिल्छ


अंकुरण खबर
975
Shares

२०२० को पहिलो ग्रहण जनवरी १० अर्थात पुष २५ गते लाग्ने ज्योतिषले बताएका छन्।  पुष २५ गते श्रीस्वस्थानी ब्रत कथाको आरम्भ पनि हुँदैछ।

२५ गते पूर्णीमा तिथि परेकाले सोही दिन ग्रहण पनि लाग्ने बताइएको छ। चन्द्र ग्रहण साँझ करिब पौने १० बजेदेखि सुरु भएर ३ बजे सकिने छ। यो ग्रहण ४ घण्टा भन्दा बढी समय लामो रहनेछ।  यो चन्द्र ग्रहण एसिया, यूरोप, अफ्रिका र अष्ट्रेलिया महाद्धिपबाट पनि देख्न सकिने छ। ज्योतिषका अनुसार ग्रहणको सुतक १२ घण्टा पहिलेदेखि लाग्ने छ।

ज्योतिषका अनुसार जुन राशिमा ग्रहण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ। यस ग्रहणमा मिथ्न राशिले विशेष ध्यान दिन आवश्यक हुने ज्योतिषले बताएका छन्। चन्द्र ग्रहणमा अद्भुत संयोग  पुष २५ गते लाग्ने चन्द्र ग्रहणमा अद्भुत संयोग परेको छ।

उक्त ग्रहण लाग्ने दिन पौष शुक्ल पूर्णिमा अर्थात श्रीस्वस्थानी ब्रतकथाको आरम्भ समेत हुँदैछ। हिन्दू धर्ममा पौष शुक्ल पूर्णिमालाई निकै महत्वका रुपमा लिइन्छ। पौष पूर्णिमाको दिन चन्द्रमा आफ्नो पूर्ण आकारमा आउने गर्दछ। खास कुरा के छ भने यही दिनमा चन्द्र ग्रहण पनि लाग्दैछ।

हिन्दू ग्रन्थमा पौष शुक्ल पूर्णिमाका दिन दान, स्नान र सूर्य देवको अर्घ दिनु निकै महत्वपूर्ण मानिन्छ। यस समयमा काशी, प्रयासराज र हरिद्वारमा गंगा स्नानको निकै ठूलो महत्व छ।  वैदिक ज्योतिष र हिन्दू धर्मका अनुसार पौष महिनालाई सूर्य देवको महिना मानिन्छ। यस महिनामा सूर्य देवको आराधनाबाट मानिसलाई मोक्ष प्राप्ति हुने बताइन्छ।

पौष महिनालाई सूर्य देवको महिना मानिने भएका कारण पौष पूर्णिमाका दिन चन्द्र र सूर्यको अद्भुत संयोग हुने गर्दछ।  यस दिन सूर्य र चन्द्र दुबैको पुजा गर्दा मनोकांक्षा पुरा हुने र जीवनमा बाधा व्यवधान नआउने शास्त्रमा उल्लेख गरिएको छ।