मालपोत कार्यालय साँखु परिसरबाट नायव सुब्बा घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नायव सुब्बा रामेश्वर कुइकेल रहेका छन् । उनलाई लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत दुई हजार घुस लिंदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले आज पक्राउ गरेका हो ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगले बताएको छ ।